बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिक्विड अक्सिजन र सिलिन्डर आपूर्तिका लागि आवश्यक प्रबन्ध मिलाइने

लिक्विड अक्सिजन र सिलिन्डर आपूर्तिका लागि आवश्यक प्रबन्ध मिलाइने

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लिक्विड अक्सिजन र सिलिन्डर अभाव देखिएको भन्दै तत्काल आपूर्तिका लागि आवश्यक प्रबन्ध मिलाउने भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लिक्विड अक्सिजन र सिलिन्डर अभाव देखिएको भन्दै तत्काल आपूर्तिका लागि आवश्यक प्रबन्ध मिलाउने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रुपले सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिक्विड अक्सिजन भारतबाट आपूर्ति गर्न आवश्यक प्रबन्ध गर्ने निर्णय भएको बताए।  ‘हामीकहाँ सिलिन्डरको पनि अभाव भएको अवस्थामा चीनबाट, ओमानबाट सिलिन्डरहरु मगाइरहेका छौं,’ उनले भने, ‘जसरी हुन्छ नागरिकको जीवन रक्षा गर्नेतर्फ ध्यान केन्द्रीत गर्ने निर्णय भएको छ।’

बैठकमा प्रधानमन्त्रीले पनि नागरिकको जीवन रक्षा महत्वपूूर्ण भएको भन्दै कानुनी जटिलता भए त्यसको तत्काल समाधान गर्न निर्देशन दिएका थिए। ‘हाम्रो प्रक्रियामा अल्झिएर आर्थिक स्रोतको अभावले नागरिकको ज्यान जानु हुँदैन। जनताको जीवन रक्षाका लागि जे जे गर्नुपर्ने हो, त्यो गर्नुस्। नागरिकको जीवन रक्षामा ध्यान दिएर अघि बढ्नुस्,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मन्त्री ज्ञवालीले भने। 

स्वास्थ्य संकटकाल लगाउने विषयमा आवश्यक छलफल भए पनि अझै त्यो अध्ययनमै रहेको उनले बताए। देशको समग्र स्वास्थ्य प्रणालीलाई कोरोना महामारी नियन्त्रणमा लगाउनुपर्ने अवस्था आएको भन्दै उनले कानुनी झन्झटिलो छ भने कसरी समाधान गर्न सकिन्छ ती कुरा तत्काल गरिने बताए। कानुन मन्त्रालय र सम्बन्धित निकायलाई आजैदेखि काम थाल्न निर्देशन दिइएको उनले जानकारी दिए।

प्रकाशित: May 16, 2021| 09:02 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।