बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले विवाद मिलाउन प्रधानमन्त्री कार्यालयमा वार्ता जारी

एमाले विवाद मिलाउन प्रधानमन्त्री कार्यालयमा वार्ता जारी

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप दुई नेताहरु आज पनि वार्तामा बसेका हुन्। आजको वार्तामा कार्यदलको टुंगो लाग्ने बताइएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि वार्ता सुरु भएको हो। 

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप दुई नेताहरु आज पनि वार्तामा बसेका हुन्। आजको वार्तामा कार्यदलको टुंगो लाग्ने बताइएको छ।

माधव नेपाल पक्षले कार्यदलमा सहभागी हुने सदस्यहरुको टुंगो यसअघि नै लगाइसकेको छ। तर, अध्यक्ष ओलीको तर्फबाट भने कार्यदलमा रहने सदस्यहरुको टुंगो लाग्न बाँकी छ। 

कार्यदलमा रामबहादुर थापा बादललाई पनि सहभागी गराउन खोजेपछि विवाद देखिएको छ। माधव झलनाथ पक्षले बादल सहभागी भए वार्ता नै भाँडिने चेतावनी दिइरहेका बेला अध्यक्ष ओलीले आज आवश्यक निर्णय लिएर कार्यदलमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउन सक्ने छन्।

प्रकाशित: May 16, 2021| 08:17 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।