बुधबार, भदौ १०, २०८३

मोरङमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। पछिल्लो १३ घण्टामा १२ जनाको मृत्यु भएको हो। 
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

विराटनगर– मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। पछिल्लो १३ घण्टामा १२ जनाको मृत्यु भएको हो। 

नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया महिला, विराटनगर –१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर–४ का ५२ वर्षीय पुरुष, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया महिला, सिरहाका ६९ वर्षीय पुरुष, सिरहाकै ६२ वर्षीय पुरुषको मृत्यु भएको नोवेलका प्रवन्धक नारायणप्रसाद दाहालले बताए।  

विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला, विराटनगर–१४ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ। 

मोरङको बूढीगंगाको विराट शिक्षण अस्पतालमा इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको मृत्यु भएको कोभिड अस्पताल इन्चार्ज सुनिल देवले बताए। संक्रमणबाट मृत्यु भएका अधिकांशमा श्वासप्रश्वासको समस्या रहेको अस्पतालहरुले जनाएका छन्। 
 

प्रकाशित: May 16, 2021| 08:06 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।