बुधबार, भदौ १०, २०८३

जसपाका दुई अध्यक्षबीच वार्ता हुँदै

जनता समाजवादी पार्टी (जसपा) मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता हुँदैछ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता हुँदैछ।  जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज वार्ता हुन लागेको जसपा कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले जानकारी दिए।

‘पार्टीमा देखा परेको समस्याका बारेमा नै उहाँहरू बसेर छलफल गर्न लाग्नुभएको हो,’ उनले भने। उनका अनुसार दिउँसो साढे १ बजे दुई अध्यक्ष पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा वार्तामा बस्न लागेका हुन्।  

एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो। वैकल्पिक सरकार गठनको विषयमा पछिल्लो समय जसपाभित्रको विवाद चुलिएको छ।

महन्थ-राजेन्द्र पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारकै पक्षमा देखिएका छन्। उपेन्द्र-बाबुराम केपी ओलीबाहेकको सरकार निर्माणको पक्षमा थिए। जसपाभित्रको विवादकै कारण वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि त्यसपछि संयुक्त सरकार निर्माण हुन सकेन।

आजको वार्तामा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याएर अघि बढ्ने वा अलग-अलग बाटो तय गर्ने भन्नेमा छलफल केन्द्रित हुने अध्यक्ष उपेन्द्र यादव निकट एक नेताले बताए। 

महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि विवाद थप चुलिएको छ। शनिबार नै उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक बसेर विधानविपरीत दलको नेता चयन भएको भन्दै कारबाही हुन सक्ने चेतावनी दिएको थियो।

बैठक बोलाइएको विषयमा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए।

प्रकाशित: May 16, 2021| 07:20 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।