मंगलबार, असोज १३, २०८३

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’

 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित जीवन बिमा योजनालाई अझै परिष्कृत गर्दै  ‘नौलो सुरक्षित जीवन बीमा योजना’ नामक सावधिक जीवन बिमा ल्याएको छ। कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसार नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको जनाएको छ।

१८ देखि ७० वर्षसम्मको जोसुकै स्वस्थ व्यक्तिले बिमा गर्न सक्ने नौलो सुरक्षित जीवन बिमा योजनामा आम्दानीको आधारमा अधिकतम बिमांक छनोट गर्न सकिन्छ । यस बिमा योजनाअन्तर्गत बिमितले बिमालेख चालु रही बिमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बिमालेखमा उल्लेख भएको बिमांक रकम र आर्जित बोनस’ बिमा अवधि समाप्तिमा एकमुष्ट प्रदान हुनेछ ।

यदि, बिमालेख चालु भएकै अवस्थामा बिमा अवधिभित्र जुनसुकै कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बिमितको मृत्यु भएमा ‘बिमांक रकम र आर्जित बोनस’ एकमुष्ट प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिमितले दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको भए चालु बिमालेखअन्तर्गत बिमा अवधिभित्र बिमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बिमालेखमा उल्लेख भएको बिमांक रकम, दुर्घटना मृत्यु लाभ सुविधाबापतको बिमांक रकम र आर्जित बोनस रकम’ एकमुष्ट भुक्तानी हुन्छ ।

दुर्घटना मृत्यु लाभ तथा अपांग, अशक्त सुविधा लिएको अवस्थामा भने बिमालेख चालु रही बिमा अवधिभित्र बिमितको दुर्घटनाको कारणबाट स्थायी अंगभंग भइ स्थायी अशक्तता भएमा ‘बाँकी बिमा शुल्क भुक्तानीमा पूर्ण छुट हुनेछ । अपांग, अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’मा अपांग अशक्त बिमितलाई भुक्तानी उपलब्ध हुन्छ ।

प्रकाशित: May 16, 2021| 07:15 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्