मंगलबार, असोज १३, २०८३

सिद्धार्थ बैंकको ‘सिद्धार्थ अक्सिजन लोन’

 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– सिद्धार्थ बैंकले कोभिड संक्रमण तीव्र हुँदा देखिएको अक्सिजन अभावलाई लक्षित गर्दै ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियत कर्जा योजना ल्याएको छ।

बैंकले देशमा विद्यमान कोरोना बढ्दो संक्रमणले अस्पताल तथा नर्सिङ होमहरुमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता विस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ होमहरुलाई लक्षित गरी उक्त कर्जा योजना ल्याएको बैंकले जनाएको छ।

कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान हुने बैंकले जनाएको । उक्त कर्जा सम्बन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय हुनेछ भने अन्य कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ । त्यस्तै, कर्जा प्रक्रियामा उच्च प्राथमिकताका साथ काम हुनेछ ।

उक्त कर्जा नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान भएमा राष्ट्र बैंकको सहुलियत कर्जा कर्जाविधिअनुसार उक्त कर्जा प्रवाह हुने बैंकले जनाएको छ। 

प्रकाशित: May 16, 2021| 07:13 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्