मंगलबार, असोज १३, २०८३

निषेध आदेशमा इमेलबाट मुद्दती निक्षेपको नवीकरण हुने

 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– नेपाल बैंकर्स संघले निषेध आदेश अवधिभर इमेलमार्फत अनुरोध गर्दा मुद्दती खाताको नवीकरण गर्ने निर्णय गरेको छ। वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले मुद्दती खाता नवीकरणको लागि इमेलबाट अनुरोध गर्न सकिने निर्णय गरेको हो।

परिस्थितिवश इमेल गर्न नसकिएको खण्डमा निषेध आदेश समाप्त भएको सात दिनसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागु हुने गरी नवीकरण गर्न सकिने संघले जनाएको छ।

बैंकर्स संघले ग्राहकहरुलाई बैंकिङ कारोबार घरैबाट गर्नका लागि आग्रहसमेत गरेको छ। “मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरुलगायत कार्यहरु गर्न सकिन्छ।

साथै, सामान खरिद गर्दाका बखत समेत उपलब्ध भएसम्म कार्ड तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम गर्नुहुन अनुरोध गर्दछौँ,” बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: May 16, 2021| 07:12 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्