बुधबार, भदौ १०, २०८३

छुट्टाछुट्टै ठाउँमा चार वटा शव फेला

देशका विभिन्न स्थानमा आज चार जना मृत फेला परेका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं – देशका विभिन्न स्थानमा गरी आज चार जना मृत फेला परेका छन्। प्रहरीले काठमाडौं, मोरङ, सुनसरी र रुपन्देहीबाट गरी चारवटा शव फेला परेको जनाएको छ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ नाम्चाका ६० वर्षीय कान्छा नगरकोटी, मोरङ उर्लाबारी नगरपालिका–४ विशाल टोलका ५५ वर्षीय रुद्र रसाइली, सुनसरी धरान उपमहानगरपालिका–२० गौधारा खहरे खोलामा पहिचान नखुलेकी महिला र रुपन्देही बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल मण्डप अगाडि ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। 

घटनाबारे प्रहरीले थप अध्ययनअनुसन्धान गरिरहेको जनाएको छ। 
 

प्रकाशित: May 16, 2021| 07:12 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।