बुधबार, भदौ १०, २०८३

भक्तपुरको चाँगुनारायणमा युवक मृत फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ मा अन्दाजी ३० वर्षीय एक व्यक्तिको शव फेला परेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका-६ मा अन्दाजी ३० वर्षीय एक व्यक्तिको शव फेला परेको छ। अनुहार पानीमा रही घोप्टो परेको अवस्थामा प्रहरीले शव फेला पारेको हो। 

शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। शवको पहिचान हुन नसक्दा प्रहरीले कसैको आफन्त हराएको भए सम्पर्क गर्न आग्रह गरेको छ।

मृतक युवा गहुँगोरो वर्णको, उचाइ पाँच फिट आठ इन्च, मझौला शरीर भएको, हातको बुढी औँला र चोर औँला बीचमा सी आकारको ट्याटु भएको बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औलासम्म पुरानो खत रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: May 16, 2021| 06:46 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।