बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेकै हुँ : बाबुराम भट्टराई

ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेकै हुँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन्। भेटमा आफूले ओलीलाई राष्ट्रिय सरकार बनाउन आग्रह गरेको भए पनि उनले नमानेकाले यो विषय सार्वजनिक नगरेको बताएका छन्।

डा. भट्टराईले आइतबार ट्वीटरमा लेखेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। वहाँले नमानेपछि अरूलाई नभनेको हुँ।'

उनले अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह गरेका छन्।

ओली निकट एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि भट्टराईको यो ट्वीट आएको हो।

प्रकाशित: May 16, 2021| 03:01 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।