बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारीमा नागरिकलाई सही सूचना दिनुपर्छ :  महासंघ अध्यक्ष पोखरेल  

महामारीमा नागरिकलाई सही सूचना दिनुपर्छ :  महासंघ अध्यक्ष पोखरेल  

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीसँगै आम नागरिकसमेत सूचनाबाट अलग हुने खतरा रहेको बताएका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

बुटवल - नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीसँगै आम नागरिकसमेत सूचनाबाट अलग हुने खतरा रहेको बताएका छन्। पत्रकारहरू नै नागरिकका सूचनादाता भएको बताउँदै पत्रकारिता पेशा संकटमा परे जनता सूचनाबाट अलग हुनुपर्ने खतरा रहेको उनले औंल्याए।

नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार आयोजना गरेको कोरोना महामारीमा सञ्चारमाध्याम र पत्रकारको भूमिका विषयक भर्चुअल संवादमा अध्यक्ष पोखरेलले कोरोना महामारीबाट सूचनादाताको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको बताए। उनले कोरोना महामारीमा नागरिकले कसरी कोरोना जित्ने र महामारीमा राज्यको भूमिका कस्तो हुने भन्ने सूचना खोजी गरेको बताए। 

कोरोनाविरुद्धको लडाइमा बेथिति धेरै भइरहेको भन्दै त्यसलाई बाहिर ल्याउने कर्तव्य पत्रकाहरूनै भएको बताए।

‘स्वास्थ्य मन्त्रालय बाहेक अन्य मन्त्रालयहरूले यस्तो बेलामा के गरिरहेका छन्,’ पोखरेलले भने, ‘यस्तो बेला पत्रकारहरू मल्टि रोलमा रहनुपर्छ। अतिरिक्त अग्रसरता पनि देखाउनुपर्छ,’ उनले भने।  उच्च स्वास्थ्य सतर्कता अपनाएर फिल्डमा खटिन पोखरेलको पत्रकारहरूलाई आग्रह थियो।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष तारानाथ दाहालले नेपालको मिडिया उद्योग कोरोनाकै कारण ठूलो संकटमा परेको बताए। ७० वर्षको नेपाली पत्रकारिता इतिहासमा अहिले कोरोनाले थिलोथिलो भएको बताए। 

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले फन्टलाइनरलाई भ्याक्सिन लगाउनु अनिवार्य रहेको बताए। डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले पटक-पटक हात धुने कार्य अनिवार्य रहेको उनको भनाइ थियो।

प्रकाशित: May 16, 2021| 01:57 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।