बुधबार, भदौ १०, २०८३

बुटवलमा थप तीन कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान दुई र गएराति एक गरि तीन जना मृत्यु भएको अस्पतालले जनाएको छ। 
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान दुई र गएराति एक गरि तीन जना मृत्यु भएको अस्पतालले जनाएको छ। 

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार दुई जनाको आकस्मिक कक्ष र एक जनाको बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालको आइसियु कक्षमा मृत्यु भएको हो। 

नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचारका क्रममा आइतबार बिहान १२:४० बजे मृत्यु भएको हो। बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भएका थिए।

यसैगरि  गुल्मी सत्यवती गाउँपालिका ५ निवासि ४५ वर्षीय पुरुषको आकस्मिक वार्डमा उपचारका क्रममा मृत्यु भएको हो। बैशाख २८ गते भर्ना भएका उनको बिहान ५:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। 

यसैगरि  तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षीय पुरुषको आकस्मिक कक्षमा गएराती ९:५५ बजे मृत्यु भएको डा. गौतमले बताए। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएका उनको आकस्मिक कक्षमै मृत्यु भएको हो।  योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ सय ३९ पुगेको छ।

प्रकाशित: May 16, 2021| 01:49 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।