बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपेन्द्र-बाबुराम पक्षले भन्यो- विधानविपरीत काम गर्नेमाथि कारबाही हुन्छ

उपेन्द्र-बाबुराम पक्षले भन्यो- विधानविपरीत काम गर्नेमाथि कारबाही हुन्छ

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम पक्षले विधानविपरीत काम गर्नेमाथि कारबाही हुने चेतावनी दिएको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम पक्षले विधानविपरीत काम गर्नेमाथि कारबाही हुने चेतावनी दिएको छ। 

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारबाही गर्नेबारे आज बसेको कार्यकारिणी समितिको बैठकमा यसबारेमा छलफल भएको हो। पार्टीको विधानविपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको उक्त पक्षको आज बसेको बैठकले ठहर गरेको छ। 

‘पार्टीको संसदीय दलको विधान नै बनेको छै्रन। अनि विधानभन्दा बाहिर गएर दलको नेता चयन गर्नु अवैधानिक छ, ‘बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले भने, ‘विधानभन्दा आफू नै माथि सोच्नु गलत हो। गलत गर्नेलाई बहुमतले कारबाही गर्छ।’

उनले दलको बैठक र कार्यकारिणी समितिको बैठक फेस गरेर देखाउन पनि चेतावनी दिए। ‘दलको विधान बनेको छैन। विधान बन्यो भने दलको बैठकले पारित गर्छ। त्यसपछि कार्यकारिणी समितिले अनुमोदन गर्नुपर्छ’, उनले भने, ‘विधि र प्रक्रिया नमान्ने अनि त्योभन्दा बाहिर गएर निर्णय गरे भन्न मिल्दैन।’

आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको थियो। बैठकमा महन्थ राजेन्द्र पक्ष सहभागी थिएनन्। बैठक बोलाइएपछि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आजै विज्ञप्ति जारी गरेर कार्यकारिणी समितिको कुनै बैठक नभएको बताएका थिए।

उनले जबरजस्ती बैठक भनेर गलत प्रचार गरिएको भन्दै आपत्तिसमेत जनाएका थिए। बिहीबार महन्थ–राजेन्द्र पक्षले बहुमत सांसदहरुको बैठकले राजेन्द्र महत्तोलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको थियो। जसपाभित्र देखिएको विवाद विभाजनकै तहसम्म पुग्ने संकेत देखिएको छ।

प्रकाशित: May 15, 2021| 13:30 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।