बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक सातामै १,२२४ को मृत्यु, अघिल्लो साताभन्दा ३६६ प्रतिशत बढी

एक सातामै १,२२४ को मृत्यु, अघिल्लो साताभन्दा ३६६ प्रतिशत बढी

दोस्रो लहर सुरु भएपछिको पछिल्लो एक महिनामा मात्रै नेपालमा कोरोनाबाट १ हजार ७९८ जनाको मृत्यु भएको छ। अघिल्लो महिना चैतमा ४४ जनाको मृत्यु भएको थियो। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो ७ दिन (वैशाख २६ देखि जेठ १ सम्म)मा १ हजार २२४ जनाको मृत्यु भएको छ। यो तथ्यांक अघिल्लो साताको तुलानामा ३६६ प्रतिशतले बढी हो। अघिल्लो साता अर्थात् वैशाख १९ देखि २५ गतेसम्ममा ३३४ जनाको मृत्यु भएको थियो। 

शनिबार (जेठ १)मा १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो साता वैशाख २८ गते एकै दिनमा २२५ जना संक्रमितको मृत्यु भएको थियो। 

दोस्रो लहर सुरु भएपछिको पछिल्लो एक महिनामा मात्रै नेपालमा कोरोनाबाट १ हजार ७९८ जनाको मृत्यु भएको छ। अघिल्लो महिना चैतमा ४४ जनाको मृत्यु भएको थियो। 

यस्तै नेपालमा पछिल्लो एक हप्तामा ६१ हजार ९३५ जना संक्रमित थपिएका छन्। अघिल्लो हप्ता ५६ हजार ९९७ जना संक्रमित भएका थिए। वैशाख १ देखि जेठ १ गतेसम्ममा १ लाख ६६ हजार ८४१ जना कोरोनाबाट संक्रमित भएका छन्। 

अहिलेसम्म कोरोनाबाट देशभर ४ लाख ४७ हजार ७०४ जना संक्रमित भएका छन् भने ४ हजार ८५६ जनाको मृत्यु भएको छ। हाल १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित छन्। 

पछिल्लो एक सातामा संक्रमित र मृत्यु

वैशाख २६ गते 
मृत्यु– ८८
संक्रमित– ८७७७ 

वैशाख २७ गते 
मृत्यु– १३९
संक्रमित– ९१२७ 

वैशाख २८ गते 
मृत्यु– २२५
संक्रमित– ९३१७
 
वैशाख २९ गते 
मृत्यु– १६८
संक्रमित– ९२३८ 

वैशाख ३० गते 
मृत्यु– २१४
संक्रमित– ८८४२

वैशाख ३१ गते 
मृत्यु– २०३
संक्रमित– ८४६७

जेठ १ गते 
मृत्यु– १८७
संक्रमित– ८१६७
 

प्रकाशित: May 15, 2021| 12:51 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।