काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पनि ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित १ हजार ९२७ जना ३० देखि ३९ वर्षका छन्। यस्तै २० देखि २९ वर्षका १ हजार ७४९, ४० देखि ४९ वर्षका १ हजार ४५६ र ५० देखि ५९ वर्षका १ हजार १४८ जना संक्रमित भएका छन्।
६० वर्षदेखि ६९ वर्षका ६२७, १० देखि १९ वर्षका ५०५, ७० देखि ८० वर्षका २८२ जना संक्रमित भएका छन्। ८० देखि ८९ वर्षका ९८ जना, ९० देखि १०० वर्षका १९ जना र उमेर नखुलेका ५७ जना संक्रमित थपिएका छन्।
नेपालमा शनिबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ। सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दुई हजार ७३५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ।
यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका ८८१ जना, ४० देखि ४९ वर्ष उमेरका ६५९ जना र ३० देखि ३९ वर्ष उमेरका ३८५ जना छन्। २० देखि २९ वर्षसम्मका १३८ जना, १० देखि १९ वर्षसम्मका २९ जना र १० वर्षभन्दा कम उमेरका २९ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ८१६७ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८ हजार ५४८ जनाको परीक्षण गरिएको थियाे।
नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७० जना पुगेको छ। तीमध्ये ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ७४.४ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८६५ पुगेको छ।