बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिडको ७ लाख डोज खोप स्टक, भोलिदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

कोभिडको ७ लाख डोज खोप स्टक, भोलिदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको ३२ लाख डोज खोप आइसकेको र त्यसमध्ये २५ लाख डोज लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं– हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको ३२ लाख डोज खोप आइसकेको र त्यसमध्ये २५ लाख डोज लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हालसम्म भारत र चीनबाट गरी ३२ लाख ४८ हजार डोज खोप ल्याइएको छ। 

सुरुमा भारत सरकारले उपहारस्वरुप १० लाख डोज कोभिसिल्ड दिएको थियो। त्यसपछि भारतसँगै १० लाख डोज कोभिसिल्ड खरिद गरियो। कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भयो कोभिसिल्ड नै। नेपाली सेनालाई भारतीय सेनाले १ लाख डोज दियो। यसरी भारतबाट मात्रै २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ।

चीनबाट भने ८ लाख डोज भेरोसेल खोप प्राप्त भएको छ। योसमेत गरी ३२ लाख ४८ डोज खोप नेपालले प्राप्त गरेको छ। यसमध्ये २५ लाख डोज लगाइसकिएको छ भने करिब ७ लाख डोज स्टक छ। भेरोसेलको दोस्रो डोज भोलि आइतबारदेखि लगाइँदैछ। 

भारतसँग २० लाख डोज खोप खरिद गरिएकोमा १० लाखमात्रै आएको छ। बाँकी १० लाख डोजका लागि पनि भारतसँग छलफल भइरहेको र छिट्टै आउने डा. अधिकारीले दाबी गरे।

रसियन खोप स्पुतनिक–भी ल्याउने चर्चा पनि छ। त्यसका लागि सम्बन्धित पक्षसँग कुरा भइरहेको अधिकारीेले जनाए। 
 

प्रकाशित: May 15, 2021| 12:21 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।