बुधबार, भदौ १०, २०८३

कोरोनाबाट कुन उमेरका कति जनाको मृत्यु?

सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दुई हजार ७३५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं– नेपालमा शनिबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ। सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दुई हजार ७३५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ।

यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका ८८१ जना, ४० देखि ४९ वर्ष उमेरका ६५९ जना र ३० देखि ३९ वर्ष उमेरका ३८५ जना छन्। २० देखि २९ वर्षसम्मका १३८ जना, १० देखि १९ वर्षसम्मका २९ जना र १० वर्षभन्दा कम उमेरका २९ जनाको मृत्यु भएको छ।

कोरोनाबाट थप १८७ जनाको मृत्यु, ८ हजार १६७ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा  ८१६७ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८ हजार ५४८ जनाको परीक्षण गरिएको थियाे।

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७० जना पुगेको छ। तीमध्ये ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ७४.४ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८६५ पुगेको छ।

बढी संक्रमित ३० देखि ३९ वर्ष उमेरका

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पनि ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित १ हजार ९२७ जना ३० देखि ३९ वर्षका छन्। यस्तै २० देखि २९  वर्षका १ हजार ७४९, ४० देखि ४९ वर्षका १ हजार ४५६ र ५० देखि ५९ वर्षका १ हजार १४८ जना संक्रमित भएका छन्।

६० वर्षदेखि ६९ वर्षका ६२७, १० देखि १९ वर्षका ५०५, ७० देखि ८० वर्षका २८२ जना संक्रमित भएका छन्। ८० देखि ८९ वर्षका ९८ जना, ९० देखि १०० वर्षका १९ जना र उमेर नखुलेका ५७ जना संक्रमित थपिएका छन्।

 

प्रकाशित: May 15, 2021| 12:22 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।