काठमाडौं- कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ८१६७ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८ हजार ५४८ जनाको परीक्षण गरिएको थियाे।
नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७० जना पुगेको छ। तीमध्ये ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ७४.४ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८६५ पुगेको छ।
