बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई टेलिमेडिसिन सेवा 

आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई टेलिमेडिसिन सेवा 

कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

विराटनगर- कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ।

क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत् स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निशुल्क उपलब्ध गराउने भएको हो।

महामारीको समयमा अस्पताल वा क्लिनिक जान समस्या हुने भएकाले टेलिमेडिसिन सेवा दिइने भएको हो। सामान्य लक्षण भएका संक्रमित पत्रकारलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस् भनेर क्यूरा हेल्थले यस्तो सुविधा दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक  जयश्री जाजुले बताइन्। कोरोना संक्रमणपछि उत्पन्न हुनसक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने उनले बताइन्। 

यसैबीच क्यूरा हेल्थस“गको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरुलाई सम्पर्क गराउन छुट्टै वेभ लिंक सञ्चालनमा ल्याएको छ। 

एनवाईइएफ विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सबै त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरु पनि अन्यौलमा परिरहेको बताए। उनले प्लाज्मा दान गर्न चाहनेले सो वेबसाइटमार्फत् आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।

पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरुले सम्पर्क गर्न सक्ने र संक्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरुको विवरण थाहा पाउन सहज हुने बताए।

अध्यक्ष खनालले अस्पतालहरुमा उपचाररत संक्रमितहरुका लागि सामाजिक सञ्जालहरुमा प्लाज्मा आवश्यक भएको सूचनाहरु धेरै आउन थालेकोले प्लाज्मा दिन इच्छुकहरुलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह गरे।  

प्रकाशित: May 15, 2021| 11:38 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।