बुधबार, भदौ १०, २०८३

गण्डकीमा थपिए ७७० संक्रमित, १४ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना कोरोना संक्रमित  थपिएका छन्।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

पोखरा- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना कोरोना संक्रमित  थपिएका छन्। प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एण्टिजेन परीक्षणअनुसार उक्त संख्या थपिएको हो। 

प्रदेश जनस्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले पछिल्लो समयमा १४ जना संक्रमितले ज्यान गुमाएको जानकारी दिए।

उनका अनुसार ज्यान गुमाउनेमा कास्कीका मात्रै ६ जना छन्। यसैगरी पर्वतका ३ र स्याङ्जाका २ जना संक्रमितले ज्यान गुमाएका छन्। तनहूँ, गोरखा र म्याग्दीका पनि १/१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

यस्तै प्रदेशमा थपिने संक्रमितमा सबैभन्दा धेरै म्याग्दीका छन्। डा. शर्माका अनुसार म्याग्दीमा मात्रै पछिल्लो पटक २३० जना संक्रमित थपिएका छन्। यसैगरी कास्कीमा १६८, नवलपरासी पूर्वमा १७४, वागलुङमा ७९, तनहूँमा ५८, गोरखामा ४९, स्याङजामा २१ र पर्वतमा १८ जना छन्। 

पछिल्लो जानकारी अनुसार मनाङ, मुस्ताङ र लमजुङमा संक्रमित थपिएका छैनन्।

प्रकाशित: May 15, 2021| 11:15 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।