बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डडेल्धुरा अस्पताललाई २० सिलिण्डर अक्सिजन हस्तान्तरण

डडेल्धुरा अस्पताललाई २० सिलिण्डर अक्सिजन हस्तान्तरण

नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलले सिलिण्डरमा अक्सिजन भरेर डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

धनगढी- नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलले सिलिण्डरमा अक्सिजन भरेर डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको छ।

भरिएको अक्सिजन सिलिण्डर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणकर पाण्डेलाई हस्तान्तरण गरिएको हो।

अस्पतालले उपलब्ध गराएको २० वटा खाली सिलिण्डरमा नेपालगंजबाट अक्सिजन भरेर ल्याएर अस्पताललाई हस्तान्तरण गरेको सेवा दलका सदस्य राम विष्टले बताए। उनले अभियानलाई निरन्तर जारी राख्ने बताए। 

नेपाली कांग्रेस डडेल्धुराले पार्टी कार्यालयमा १३ शय्याको आइसोलेसन बनाएको छ। गाउँघरबाट सदरमुकाम पुगेर बस्न समस्या भएकाहरुलाई सो आइसोलेसनमा राखिने डडेल्धुरा पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले बताए।

प्रकाशित: May 15, 2021| 11:08 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।