बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमवासीले उपचार नपाए विद्रोह हुने अस्पताल अध्यक्षको चेतावनी

सुदूरपश्चिमवासीले उपचार नपाए विद्रोह हुने अस्पताल अध्यक्षको चेतावनी

धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमवासीले सहज रुपमा उपचार नपाए विद्रोह हुने चेतावनी दिएका छन्।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमवासीले सहज रुपमा उपचार नपाए विद्रोह हुने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि विभिन्न तहका सरकार तथा राजनीतिक दलसँग आग्रह गर्दा पनि कुनै परिणाम ननिस्किएको भन्दै आक्रोश पोखेका हुन्। 

‘सुदूरपश्चिम प्रदेशको एक मात्र ३० लाख जनताको आशा र भरोसाको केन्द्रबिन्दु सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि बारम्बार विभिन्न तहका सरकार र राजनीतिक दलका नेतृत्वसँग अनुरोध गर्दा पनि हालसम्म कुनै ठोस परिणाम नदेखिएकोले सुदूरपश्चिमवासीको बाच्न पाउने अधिकार सुरक्षित भएन भने ठूलो विद्रोह हुनसक्छ’ उनले लेखेका छन्।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शनिबारसम्म १२६ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। अस्पताललाई दैनिक १५० बढी अक्सिजन सिलिण्डरको आवश्यकता परे पनि अस्पतालको आफ्नो प्लान्टबाट दैनिक ५५ सिलिण्डर उत्पादन हुदै आएको छ भने १०० बढी बाहिरबाट माग गरे पनि ५० सिलिण्डर मात्र उपलब्ध हुँदै आएको छ। 

अस्पतालमा रहेका एचडीयू १०, आईसीयू २०, भेन्टिलेटर १० मध्ये आइसोलेसन शय्या ८५, कोभिड एचडीयू शय्या ५, कोभिड आईसीयू शय्या १५ र कोभिड भेन्टिलेटर ५ छुट्याइएको छ।

शनिबारसम्म अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सोमध्ये एक जनाको भेन्टिलेटरमा र १४ जनाको आईसीयूमा उपचार भइरहेको छ। ९० जनाको अक्सिज सपोर्टमा र २९ जनाको इमरजेन्सी कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

No description available.

प्रकाशित: May 15, 2021| 11:01 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।