बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्रीले विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दैछन्।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दैछन्।

दिउँसो ४ बजे प्रधानमन्त्रीले विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको उनका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए।

‘संक्रमणको रोकथाम, नियन्त्रणका लागि प्रभावकारी रुपमा अघि बढ्नका लागि छलफल गर्न लाग्नुभएको हो,’ बजगाईँले भने।

प्रधानमन्त्रीले पछिल्लो अवस्थाका बारेमा समीक्षा गर्ने सरकारले चाल्ने कदमका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।
विज्ञ र निजी क्षेत्रहरुको सुझावका आधारमा सरकारले थप रणनीति तयार गर्न लागेको बुझिएको छ।

प्रकाशित: May 15, 2021| 09:53 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।