बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी समितिको बैठक

जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा यो पक्षले बैठक बोलाएको हो। कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले राष्ट्रिय राजनीतिमा देखिएको पछिल्ला घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

‘उपलब्ध कार्यकारिणी सदस्यहरूको बैठक बोलाएका हौं,’ उनले भने,‘साथीहरू आइरहनुभएको छ। केहीबेरपछि हाम्रो बैठक सुरु हुन्छ।’

तर, आजको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताे पक्षलाई भने बोलाइएको छैन। यो समूहका एक नेताले आफूहरूलाई बैठकका बारेमा कुनै जानकारी नभएको बताए।

उपेन्द्र-बाबुराम पक्षले मुख्य रुपमा बिहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेपछि आवश्यक छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएको हो।

भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन्। भेलामा २० जना सांसद रहेको ठाकुर-महतो पक्षको दाबी छ।

प्रकाशित: May 15, 2021| 07:35 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।