बुधबार, भदौ १०, २०८३

माधव-झलनाथ पक्ष आज पनि केन्द्रीय सदस्यहरूसँग छलफलमा

सत्तारूढ नेकपा (एमाले) को माधव-झलनाथ पक्षले आज पनि आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं - सत्तारूढ नेकपा (एमाले) को माधव-झलनाथ पक्षले आज पनि आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेको छ।

शुक्रबार बाँकी रहेका केन्द्रीय सदस्यहरूसँग आज पनि शीर्षस्थ नेताहरूले आवश्यक छलफल गरिरहेका हुन्।

केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य झपट रावलले शीर्ष नेताहरूले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेको जानकारी दिए।

‘भर्चुअल माध्यमबाट आज पनि छलफल चलिरहेको छ,’ उनले भने, ‘वार्तामा भएको कुराकानी लगायतका विषयमा नेताहरूले ब्रिफिङ गरिरहनुभएको छ।’

शुक्रबार पनि प्रदेशगतरूपमा केन्द्रीय सदस्यहरूसँग छलफल भएको थियो। 

हिजोको छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले फेरि पनि धोका हुन सक्ने भन्दै सजग हुन नेतृत्वलाई सुझाव दिएका थिए। ‘अध्यक्षले फेरि धोका दिन सक्नुुहुन्छ। वार्ताका क्रममा सजग हुनु जरुरी छ,’ नेतृत्वलाई सुझाव दिएका एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्नेमा हामी सधैं सकारात्मक नै छौं। फेरि सहमतिका नाममा धोका नहोस् भन्ने नै हाम्रो भनाइ हो।’

माधव-झलनाथ पक्षभित्र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनु अगावै सबै विषयमा सहमति टुंग्याउनुपर्ने धारणा राखेका छन्।

प्रकाशित: May 15, 2021| 07:16 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।