बुधबार, भदौ १०, २०८३

लुम्बिनीमा ८३१ स्वास्थ्यकर्मी संक्रमित

लुम्बिनी प्रदेशमा हालसम्म ८३१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

बुुटवल - लुम्बिनी प्रदेशमा हालसम्म ८३१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। गत वर्षदेखि हालसम्म प्रदेशका १२ वटै जिल्लामा गरी यो संख्यामा चिकित्सक, नर्ससहित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।

दोस्रो लहर सुरु भएपछि संक्रमित हुने दर बढेको छ। अहिले लुम्बिनी प्रदेशका ६ जिल्लामा १६० जना स्वास्थ्यकर्मी उपचारत रहेको प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अहिले बाँके र रुपन्देहीका स्वास्थ्यकर्मी बढी संक्रमित भएका छन्। कोभिड अस्पतालमा भन्दा आकस्मिक तथा अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरू संक्रमित हुुने दर बढी देखिएको अस्पतालहरूले जनाएका छन्।

बाँकेमा हाल ७८ स्वास्थ्यकर्मी उपचाररत छन्। यस्तै रुपन्देहीमा ६४ जना उपचारत छन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। कोभिड अस्पतालमा भन्दा बहिरङ र आकस्मिक कक्ष, ल्याबमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण बढी देखिएको डा. गौतमले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कपिलवस्तुमा ७, दाङमा १, बर्दिया ७ र प्यूठानमा ३ जना स्वास्थ्यकर्मी उपचारत छन्। हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित बाँके जिल्लामा छन्। त्यहाँ २३७ जना संक्रमित भएका छन्।

यसपछि रुपन्देहीमा १७७ र कपिलवस्तुमा ९९ जना संक्रमित छन्। रोल्पा र रुकुम पूर्वमा भने १-१ जनामा मात्रै कोरोना संक्रमण देखा परेको छ।

कोरोना संक्रमणकै कारण लुम्बिनी पाँचजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। बिरामीको उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मी नै संक्रमित हुँदा बिरामीको उपचार सेवा प्रभावित हुने गरेको छ।

प्रकाशित: May 15, 2021| 04:29 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।