बुधबार, भदौ १०, २०८३

कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने

सुर्खेतको प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने भएको छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

सुर्खेत - सुर्खेतको प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने भएको छ। नेपालगन्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसकिने अस्पतालले जनाएको हाे।

‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड-१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ,’ अस्पताल निर्देशक डाक्टर डम्बर खड्काले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ।

अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन। अहिले हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ। तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्दछ।

अस्पतालमा हाल ९२ जना संक्रमित छन्।

प्रकाशित: May 15, 2021| 02:05 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।