बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महन्थलाई उपेन्द्रको प्रश्न– ओलीले कुनकुन माग पूरा गर्ने भए?

महन्थलाई उपेन्द्रको प्रश्न– ओलीले कुनकुन माग पूरा गर्ने भए?

जनता समाजवादीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका कुनै माग पूरा नगरेको भन्दै मधेसी जनलाई भ्रममा नराख्न नेता महन्थ ठाकुरलाई आग्रह गरेका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– जनता समाजवादीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका कुनै माग पूरा नगरेको भन्दै मधेसी जनलाई भ्रममा नराख्न नेता महन्थ ठाकुरलाई आग्रह गरेका छन्। यादवले ठाकुरलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओलीले मधेसीका सबै माग मुद्दा पूरा् गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नुपर्छ– यी मध्ये कुन कुन माग पुरा गरिदिए? नत्र झूठो बोली मधेसीहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पूर्ति गर्ने काम नहोस्।’ यादवको प्रश्न छ– मधेसका मूल माग र मुद्दा के के हुन्?  के पी ओलीले के के पूरा गर्ने भए?

१. आत्मनिर्णयको अधिकारका साथै  स्वायत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१०+१) प्रदेशको स्थापना।
२. समानुपतिक निर्वाचन प्रणाली।
३. शासन–प्रशासन, न्यायपालिका, सेना, प्रहरी, कर्मचारीतन्त्र आदिमा  सामुदायिक र जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण।
४. सरकारी कामकाजी भाषामा समान-बहुभाषिक नीति।
५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता।
६. दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यबस्था।
७. राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति।
८. वर्ग, वर्ण, लिङ्ग, जात र जातिका आधारमा हुने शोषण, उत्पीडन र बिभेद्को अन्त्य।
९. नागरिकता समस्याको समाधान।
१०. जल, जङ्गल र जमीनमाथिको अधिकार।
११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान।
१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाई।

प्रकाशित: May 14, 2021| 16:44 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।