सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री पौडेलद्वारा ३ अस्पताललाई पौने ६ करोड बजेट स्वीकृत

अर्थमन्त्री पौडेलद्वारा ३ अस्पताललाई पौने ६ करोड बजेट स्वीकृत

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को सामना गर्नेगरी बजेट निर्माणको तयारी भइरहेको बताएका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को सामना गर्नेगरी बजेट निर्माणको तयारी भइरहेको बताएका छन्।

आगामी आर्थिक वर्ष २०७८/०७९को बजेट निर्माणमा जुटेको जानकारी गराउँदै उनले कोभिड १९ को सामना गर्नेगरी बजेट ल्याउने बताएका हुन्।

शुक्रबार अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेकोले कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउने बताए।

उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाइँलाई थप सघन र प्रभावकारी बनाउने बताए। 

अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमितहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय पनि स्वीकृत गरेका छन्।

पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए।

प्रकाशित: May 14, 2021| 13:04 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्