बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्रबार थपिएका संक्रमित सबैभन्दा धेरै ३०–३९ वर्षका 

शुक्रबार थपिएका संक्रमित सबैभन्दा धेरै ३०–३९ वर्षका 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५२० जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये  ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार ६ जना छन्।

यस्तै २० देखि २९ वर्षसम्मका १ हजार ८७५ जना संक्रमित भएका छन्। ९ वर्षसम्मका १९२ जना, १० देखि १९ वर्षसम्मका ५१० जना र ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ५१६ जना संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार ५० देखि ५९ उमेर समूहमा १ हजार २२९ जना, ६० देखि ६९ उमेर समूहमा ६७० जना, ७० देखि ७९ वर्ष उमेर समूहका ३०९ जना संक्रमित भएका छन्। 

यस्तै ८० देखि ८९ वर्ष उमेर समूहमा ११७ जना र ९० देखि १०० वर्ष उमेर समूहका १९ जनामा संक्रमण भएको छ। २४ जनाको भने उमेर खुलेको छैन।

प्रकाशित: May 14, 2021| 12:40 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।