बुधबार, भदौ १०, २०८३

आईसीयू र भेन्टिलेटरमा १,७०५ जना संक्रमित 

नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू तथा भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू तथा भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर १ हजार ७०५ जना कोरोना संक्रमित आईसियू तथा भेन्टिलेटरमा उपचारत छन्। 

त्यसमध्ये ३७१ जना गम्भीर अवस्थाका कोरोना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने १ हजार ३३४ जना संक्रमित आईसियुमा छन्।  

शुक्रबार आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ५४२ जना आईसियुमा र २२० जना भेन्टिलेटरमा उपचारत छन्। 

त्यस्तै प्रदेश १ मा १९० जना आईसियू र ५५ जना भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश २ मा १८९ आईसियुमा र ४० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।  

गण्डकी प्रदेशमा ९२ जना आईसियू र १९ जना भेन्टिलेटरमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा १६४ जना आईसियुमा र १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।  

त्यस्तै कर्णाली प्रदेशमा १०८ जना आईसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् भने सुदूरपश्चिममा ४९ आईसियुमा र १५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। 


 

प्रकाशित: May 14, 2021| 12:30 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।