बुधबार, भदौ १०, २०८३

पछिल्लो २४ घण्टामा ८,५२० जनामा कोरोना, २०३ को मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ५२० जनालाई संक्रमण पुष्टि भएको हो। 

जसमध्ये ८ हजार ४६७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

आज २०३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ हजार ६६० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार १५३ रहेको छ। हालसम्म ३ लाख २७ हजार ६५३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: May 14, 2021| 12:25 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।