काठमाडौं– कोरोना भाइरस संक्रमणबाट एक महिनामा १६,११ जनाको मृत्यु भएको छ।
कोरोनाको दोस्रो लहरसँगै वैशाख महिनामा संक्रमितको मृत्यु हुने क्रम बढेको हो। यो महिनामा सबैभन्दा बढी २८ गते २२५ जनाको मृत्यु भएको छ।
सबैभन्दा कम वैशाख १ गते ३ जनाको मृत्यु भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।