बुधबार, भदौ १०, २०८३

दैलेखमा बन्चरो प्रहार गरेर बाबुको हत्या

दैलेखमा एक व्यक्तिले बन्चरो प्रहार गरेर बाबुको हत्या गरेका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

सुर्खेत- दैलेखमा एक व्यक्तिले बन्चरो प्रहार गरेर बाबुको हत्या गरेका छन्।

प्रहरी कार्यालय दैलेखका अनुसार डुङ्गेश्वर गाउँपालिका–६ डुङ्गेश्वर बजारका २१ वर्षीय विकास बुढाले बाबु ४७ वर्षीय नकुल बुढालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। 

बन्चरो प्रहारबाट नकुलको टाउको र ढाडमा गहिरो घाउ भएको थियो। गम्भीर घाइते भएका उनलाई आफन्तले उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याएका थिए। तर उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला जनाएको छ। 

घटनालगत्तै बाबुको हत्या गर्ने विकासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

प्रकाशित: May 14, 2021| 12:12 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।