काठमाडौं- नेपाली कांग्रेसले ४५ वटा जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशील सदस्यको विवरण आफ्नो वेबसाइटमा राखेको हो।
कांग्रेसले यसपटक सफ्टवेयरमार्फत क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्न सकिने व्यवस्था गरेको थियो। हालसम्म ७४ जिल्लाबाट साढे सात लाखभन्दा धेरैको नाम र विवरण सफ्टवेयरमा इन्ट्री भइसकेको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए।
सिन्धुपाल्चोक, सप्तरी, बारा र सोलुखुम्बुले भने अहिलेसम्म विवरण बुझाइसकेका छैनन्। ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुरको नवीकरण र नयाँ दुवै क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छ। त्यसैगरी दोलखा, रामेछाप, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, मकवानपुर र चितवनको क्रियाशील सदस्यताको विवरण सार्वजनिक सार्वजनिक भएको छ।
गोरखा, मनाङ, लमजङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, बाग्लुङ र पर्वतको विवरण पनि पार्टीले सार्वजनिक गरेको छ। नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुकुम पश्चिम, रोल्पा र बाँके, सल्यान, मुगु, कालिकोट, जाजरकोट, दैलेख, हुम्ला, डोटी, दार्चुला र कञ्चनपुरका क्रियाशील सदस्यको विवरण पनि पार्टीले सार्वजनिक गरेको छ।