बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पताललाई अक्सिजनकाे काेटा स्थगित, साविककै अनुसार दिन मन्त्रालयको निर्देशन

अस्पताललाई अक्सिजनकाे काेटा स्थगित, साविककै अनुसार दिन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ।

मन्त्रालयले अक्सिजन उद्योगहरुलाई पत्र पठाउँदै अस्पतालहरुमा साबिककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ। 

अर्को व्यवस्था नभएसम्मका लागि साविककै अनुसार अस्पताललाई अक्सिजन उपलब्ध गराउन मन्त्रालयले पत्रचार गरेको हो।

साथै आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीको निर्णय र निर्देशनअनुसार स्थानीय प्रशासनसँग सहकार्य र सरोकारवालसँग समन्वय गर्न अनुरोध गरेको छ।

यसअघि सीसीएमसीले कोटा निर्धारण गरेर वितरण गर्न सुरु गरेको थियो। त्यसो गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव झन चर्कोरुपमा बढ्दै गएको थियो। यस्तो अवस्था आएपछि मन्त्रालयले पुनः साबिक बमोजिम नै अक्सिजन उपलब्ध गराउन भनेको हो।

प्रकाशित: May 14, 2021| 11:15 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।