काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली फागुन २८ गतेको निर्णय फिर्ता लिन तयार भएका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार संसद् भवनमा पत्रकारसँगको कुराकानीमा फागुन २८ को निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली सहमत भएको बताएका हुन्।
नेता नेपालले प्रधानमन्त्री एवम् अध्यक्ष ओली आफूहरूको बटमलाइनअनुसार नै अगाडि बढ्न चाहेको दाबी गरे। नेपालले भने, ‘ फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा पुग्ने हाम्रो बटमलाइनमा ओलीले सहमति हुन्छ भन्नुभएको छ, बाँकी मोडालिटीबारे छलफल गर्न कार्यदल बनाइनेछ।’
गत फागुन २८ मा अध्यक्ष ओलीले महाधिवेशन घोषणा गरेका थिए भने विधान संशोधन पनि गरेका थिए। दुई नेताबीच बिहीबार राजधानीको चपलीस्थित एक घरमा भएको वार्तामा सहमति भएको थियो।