सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सोल्टी होटलबाट बाहिरियो आईएचजी ग्रुप, अब सबै लगानी स्वदेशी

सोल्टी होटलबाट बाहिरियो आईएचजी ग्रुप, अब सबै लगानी स्वदेशी

सोल्टी होटलबाट बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) बाहिरिएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- सोल्टी होटलबाट बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) बाहिरिएको छ। आईएचजी समूहको सहायक कम्पनीका रुपमा रहेको हङकङ होलिडे इन्सले आफ्नो सेयर सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरेको छ। सेयर बिक्रीसँगै विदेशी लगानीकर्ताहरु सोल्टी होटलबाट बाहिरिएका छन्।

आईएचजी समूहले सोल्टी होटलको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको थियो। आईएचजी समूहसँग भएको सोल्टी होटलको सबै सेयर सोल्टी होटल लिमिटेडले किनेको छ। सो समूहले होटल सोल्टीको राजा ज्ञानेन्द्रसँग भएको सेयर ४७ करोड २३ लाख ४५ हजारमा किनेको थियो। 

होटलका अध्यक्ष दिनेश विष्टले आईएचजीसँगको सम्झौता सकिएको र अब आफ्नै व्यवस्थापनमा होटल सञ्चालन गर्ने बताए। सो होटलमा सर्वसाधारणको पनि सेयर छ। जसका कारण होटललाई लगानीकर्ताहरुलाई राम्रो मुनाफा दिनुपर्ने बाध्यता पनि भएको छ।

विष्टका अनुसार होटल सोल्टी लिमिटेडले आफ्नै व्यवस्थापनमा होटल सञ्चालनमा ल्याएपछि गरेको आम्दानी र नाफा पनि देशमै रहने छ। आईएचजी बाहिरिएपछि होटलको नाम ‘द सोल्टी काठमाडौं’को रुपमा ब्रान्डिङ सुरु हुनेछ। ५४ वर्षअघि स्थापना भएको यो होटलमा २५ वर्ष ओबेरोय र २७ वर्ष आईजीएचले व्यवस्थापन सम्हालेको थियो।

विष्टले विदेशी कम्पनीले व्यवस्थापन गरेको सोल्टी होटलमा उनीहरुले प्रविधि र ज्ञान हस्तान्तरण गरेर गएको र आगामी दिनमा नेपाली कम्पनीकै व्यवस्थापनलाई होटल सञ्चालनको लागि सहज हुने बताए। विष्टका अनुसार अब सोल्टीले अन्तर्राष्ट्रियस्तरमा पनि ब्रान्डिङ गर्ने भएको छ। सोल्टीले आफूलाई अन्तर्राष्ट्रियस्तरको चेन होटलको विकल्पमा उभ्याउन खोजेको छ। 

प्रकाशित: May 14, 2021| 10:49 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्