बुधबार, भदौ १०, २०८३

एम्बुलेन्सले शुल्क लिए उजुरी गर्न महानगरको अपिल

काठमाडौं महागरपालिकाले आफ्नो आर्थिक सहयोगमा सञ्चालित आएका एम्बुलेन्स निशुल्क भएकाले कसैले शुल्क लिएमा खबर गर्न अनुरोध गरेको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- काठमाडौं महागरपालिकाले आफ्नो आर्थिक सहयोगमा सञ्चालित आएका एम्बुलेन्स निशुल्क भएकाले कसैले शुल्क लिएमा खबर गर्न अनुरोध गरेको छ।

महानरगपालिकाले शुक्रबार एक अपिल जारी गर्दै त्यस्तो अनुरोध गरेको हो।

‘महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको १०२ र ११८० हटलाइनको एम्बुलेन्स निशुल्क भएकाले निशुल्क सेवा लिएबापत् कुनै पनि शुल्क तिर्नु पर्दैन’ मेयर विद्यासुन्दर शाक्यले हस्ताक्षर गरेको अपिलमा भनिएको छ, ‘शुल्क मागेमा तुरुन्त महागरपालिकाको हटलाइन नम्बर ११८० खबर गर्नु हुन अनुरोध गर्दछु।’ सेवाग्राहीसँग कुनै किसिमको शुल्क लिएको पाइएमा तत्काल कारबाही गरिने पनि अपिलमा उल्लेख गरिएको छ।

प्रकाशित: May 14, 2021| 10:35 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।