काठमाडौं- कोभिड–१९ को उपचार गराइरहेका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ सै घण्टा अक्सिजन आपूर्ति सहजीकरणका लागि मोबाइल हटलाइन नम्बर उपलब्ध गराएको छ।
आज (शुक्रबार) बसेको सचिवस्तरीय बैठकले सहज तरिकाले अक्सिजन लिनका लागि दुईवटा नम्बर दिएको छ। अस्पताललाई मोबाइल हटलाइन नम्बर ९८५१३१०५८१ र ९८५१३१०५८४ को व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमितहरुको उपचार गराइरहेको अस्पतालहरुले मात्र फोन गरी सहज आपूर्तिका लागि आग्रह गर्न सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।
