बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गंगा किनारमा कोरोना संक्रमितको शव बालुवामुनि गाडिएको खुलासा

गंगा किनारमा कोरोना संक्रमितको शव बालुवामुनि गाडिएको खुलासा

भारतको उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमितका शव गंगा नदीमा बगाइएको तस्बिर सार्वजनिक भएको केही दिनपछि बालुवामुनि गाडिएका शव देखिन थालेको बताइएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं– भारतको उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमितका शव गंगा नदीमा बगाइएको तस्बिर सार्वजनिक भएको केही दिनपछि बालुवामुनि गाडिएका शव देखिन थालेको बताइएको छ।

संक्रमितका शव नदीमा बगाएको भन्दै विरोध भएको थियो। प्रहरीले कार्य रोके पनि फेरि संक्रमितका शव नदी किनारमा गाड्न थालिएको छ। उत्तर प्रदेशको कानपुर, उन्नाव र फतेहपुरमा सयौको संख्यामा गंगा किनारमा शव गाडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केही मानिसले आफ्नो रितिरिवाज अनुसार शव गाड्ने गरेको प्रशासनले बताए पनि स्थानीयले भने  आर्यघाटमा ठाउँ नभएको र महँगो अन्तिम संस्कारका कारण संक्रमितको शव गाडिरहेको बताएका छन्।

बिहीबार गंगा किनारमा ठूलो संख्यामा चिल र कुकुर घुमिरहेको देखिएपछि स्थानीयले थुप्रै शव गाडिएको देखेका हुन्। ‘नदी  किनारमा बालुवामुनि गाडिएका शव चिल र कुकुरले चिथोेरिरहेका थिए, शवलाई गहिरो गरी नगाडेकाले अधिकांश क्षतविक्षत अवस्थामा थिए,’ बीबीसीले भनेको छ। स्थानीयले कुकुर र चिल उडिरहेको देखेपछि आफन्तले केही दिन अघिदेखि संक्रमणबाट मृत्यु भएकाहरुको शव बालुवामुनि गाड्ने गरेको पत्ता लागेको हो।

शुक्लागन्जका एक स्थानीय दिनकर साहुले केही दिनअघिबाटै शव बालुवामुनि गाड्न थालिएको बताएका छन्। ‘आर्यघाटमा भीडभाडका कारण घटांै पालो कुर्नुपर्ने र महंगो दाउराका कारण गरिबले शव गाड्न सुरु गरेका हुन्। तर उनीहरुले रहरले नभई बाध्यताले यस्तो गरेका हुन्,’ साहुले भनेका छन्।

उन्नावका प्रमुख जिल्ला अधिकारी रबिन्द्रकुमारले   केही स्थानीयकोे शव गाड्ने परम्परा भएको बताए पनि घटनाबारे अध्ययन गरिरहेको बताएका छन्। ‘केही समुदायको शव गाड्ने परम्परा भए पनि नदी किनारमा यति ठूलो मात्रामा शव देखिनु गम्भीर कुरा हो, हामी जाँचबुझ समिति बनाई अध्ययन गरी कारबाही गर्छौं,’उनले भनेका छन्। कुकुर र चिल लगायतका जनावरले निकालेर खान नसकुन् भनेर प्रशासनले शव गाड्ने चलन भएका समुदायलाई पनि गहिरोे गरी गाड्न आग्रह गरेको छ।

गरिबी र बाध्यताका कारण शव गाड्नेहरुका लागि प्रशासनले दाउरा र अन्य सामग्रीको व्यवस्थापन गर्ने बताएको छ। गाडिएका शव स्पष्ट देखिएको स्थानीय सर्वसाधारणले बताएका छन्। महामारीका कारण मृत्युदर बढेपछि आर्यघाटमा समय नपाइएका कारण शव बालुवामा गाडिएको कानपुरका अधिकारीले जनाएका छन्। उन्नावको आर्यघाटमा शव जलाउँदै आएका विजय शर्माले पछिल्लो एक महिनामा सास फुल्ने र ज्वरोबाट धेरैको मृत्यु भएको बताएका छन्।

‘घाट खाली नपाएपछि सर्वसाधारण शव बालुवामुनि गाड्न बाध्य भएका हुन्। पहिले दिनको १२–१२ शव जल्ने घाटमा अहिले सयौं शव जल्छन्,’ उनले भनेका छन्। सर्वसाधारणले शव गाड्न नसकुन् भन्दै निगरानीका लागि प्रशासनले नदी किनारमा प्रहरी परिचालन गरेको छ।

    

प्रकाशित: May 14, 2021| 09:29 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।