सुर्खेत- जिल्ला समन्वय समिति सुर्खेतले मजदुर र विपन्न समुदायका लागि विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ।
कोरोना महामारीका कारण ज्याला मदजुर, विपन्न समुदाय, भूमिहिन र गरिब परिवारका लागि जीवन निर्वाहमा समस्या आएको भन्दै समितिले कर्णाली प्रदेश सरकारलगायत अन्य सरोकारवाला नियकायलाई राहत प्याकेज घोषणा गर्न माग गरेको हो।
‘निषेधाज्ञाको स्थितिबाट दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, विपन्न, भूमिहीन, गरिब र कमजोर परिवार नराम्ररी प्रभावित हुन लागेका छन्। तसर्थ यस्ता कमजोर र विपन्न व्यक्तिको जीवन रक्षाका लागि विशेष राहत प्याकेज घोषणा गर्न कर्णाली प्रदेश सरकारलगायत अन्य सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछु।’ जिल्ला समन्वय समिति प्रमुख छविलाल सिग्देलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेका छन्।