बुधबार, भदौ १०, २०८३

दोस्रो तहका नेतासहित ओली-नेपाल वार्ता आज पनि

चरम आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष र वरिष्ठ नेताले हिजो बिहीबार झन्डै चार घण्टा वार्ता गरेपछि उक्त पार्टीको विवाद समाधान उन्मुख देखिएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- चरम आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष र वरिष्ठ नेताले हिजो बिहीबार झन्डै चार घण्टा वार्ता गरेपछि उक्त पार्टीको विवाद समाधान उन्मुख देखिएको छ।

हिजोको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आज पनि वार्तामा बस्ने भएका छन्। आजको छलफलमा भने दुवै पक्षका दोस्रो तहका नेताहरु पनि हुनेछन्।  

साँझ ६ बजे सिंहदरबारमा हुने छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी हुनेछन् भने नेपालको तर्फबाट उनीसँगै भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने तय भएको छ।

नेपाल पक्षका नेता युवराज ज्ञवालीले विवाद समाधानतिर जाने दिशामा रहेको बताए।

हिजो बिहीबार अध्यक्ष र वरिष्ठ नेताले बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा झन्डै चार घण्टा एक्लाएक्लै कुरा गरेका थिए। वार्तापछि नेपाल समूहका सांसद सामूहिक राजीनामाबाट पछि हटेका थिए। उक्त समूहले साथ नदिएपछि विपक्षी दलहरु वैकल्पिक सरकारका लागि सफल भएनन्। केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भइसकेका छन र आज शपथ ग्रहण गर्दैछन्।
 

प्रकाशित: May 14, 2021| 08:48 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।