बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा लिक्विड ग्यास आयो, अब केही सहज हुने अपेक्षा

रुपन्देहीमा लिक्विड ग्यास आयो, अब केही सहज हुने अपेक्षा

कोरोना हटस्पट बनेको रुपन्देहीमा अक्सिजनको चरम अभाव हुन थालेपछि भारतबाट लिक्विड अक्सिजन ल्याइएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

बुटवल- कोरोना हटस्पट बनेको रुपन्देहीमा अक्सिजनको चरम अभाव हुन थालेपछि भारतबाट लिक्विड अक्सिजन ल्याइएको छ।

५ सय सिलिन्डर अक्सिजन भर्न मिल्ने लिक्विड अक्सिजन शुक्रबार रुपन्देही आइपुगेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। 

यहाँको छिपागढस्थित शंकर ग्यास उद्योगले शुक्रबार भारतबाट लिक्विड ग्यास आयात गरेको हो। यो लिक्विड आयात भएसँगै अक्सिजन अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। ‘अर्को सिलिण्डर रिफिल गर्न धेरै समय लाग्थ्यो, लिक्विड अब चाँडै रिफल हुन्छ।’ प्रजिअ तामाङले भने। अक्सिजनको माग धान्नै नसक्ने गरी बढेपछि शंकर ग्यासले भारतबाट लिक्विड आयात गरेको हो। 

शुक्रवार बिहान ९ बजे भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पुरा गरेर उद्योगले अक्सिजन उद्योगसम्म पुर्‍याएको छ। उद्योगले दैनिक ५०० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो। रुपन्देहीमा रहेका ५ वटा कोभिड अस्पतालमा दैनिक २ हजार १५० बढी सिलिन्डर अक्सिजन खपत हुने गरेको छ। तर, यहाँ रहेका ३ वटा उद्योगले १ हजार १०० सिलिण्डर मात्रै उत्पादन गर्ने क्षमता छ।

अक्सिजनको अभावमा बुधबार मात्रै कोभिड अस्पतालमा ५ जना र भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका ४ जना बिरामीको मृत्यु भएको थियो। अहिले पनि यहाँका ठूूला अस्पतालहरुमा अक्सिजनको अभावमा बिरामी तड्पिरहेका छन्।

प्रकाशित: May 14, 2021| 08:40 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।