बुधबार, भदौ १०, २०८३

कोरोना संक्रमित वडाध्यक्षको मृत्यु 

कोरोना संक्रमणबाट धनुषाको मिथिला बिहारी नगरपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

जनकपुरधाम- कोरोना संक्रमणबाट धनुषाको मिथिला बिहारी नगरपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ। मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोदकुमार मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको नगरप्रमुख अनिलकुमार यादवले जानकारी दिएका छन्।

दुई सातादेखि ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि वडाध्यक्ष मण्डल गाउँमै औषधी सेवन गरी निको भएका थिए। यद्यपि निको भएको दुई दिनपछि पुनः विरामी परेपछि उनलाई उपचारका लागि धनुषा अस्पतालमा ल्याइएको थियो।

त्यहाँ पनि निको भएपछि वडाध्यक्ष घर फर्के। तर, फेरि केही दिनपछि श्वासप्रश्वासमा समस्या आएपछि चन्द्रकला देवी अस्पतालको आईसियू कक्षमा भर्ना गराइएको थियो ।

वडाध्यक्ष मण्डलको शुक्रबार बिहान मृत्यु भएको नगरप्रमुख यादवले बताए। वडाध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए।
 

प्रकाशित: May 14, 2021| 08:28 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।