सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कसैले भारतबाट अक्सिजन आयात गर्न चाहे समन्वय गरिदिन सक्छाैं :  निगम

कसैले भारतबाट अक्सिजन आयात गर्न चाहे समन्वय गरिदिन सक्छाैं :  निगम

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)सँगको सम्बन्धको आधारमा अक्सिजन आयात गर्न सकिने बताएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)सँगको सम्बन्धको आधारमा अक्सिजन आयात गर्न सकिने बताएको छ।

पछिल्लो समय कोरोनाको दोस्रो लहरसँगै अक्सिजनको अभाव भएपछि नेपाल आयल निगमले भारतबाट आयात गर्न सकिने बताएको हो।

कोरोनाको दोस्रो लहरले भारतमा समेत अक्सिजनको अभाव भएपछि भारतमा आईओसीले अक्सिजनको आपूर्ति गरिरहेको छ।

नेपाल आयल निगमले एलपी ग्यासलगायतका इन्धन आईओसीबाटै खरिद गरी आपूर्ति गरिरहेकाले सोही सम्बन्धका आधारमा अक्सिजन पनि आपूर्ति गर्न सकिने आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।

‘आईओसीले भारतमा आपूर्ति गरिरहेको छ,’ पौडेलले भने, ‘आईओसीसँग हाम्रो पनि व्यावसायिक सम्बन्ध भएकाले सोही आधारमा अक्सिजन पनि आपूर्ति गर्न सकिन्छ भनेका हौं।’

कसैले आईओसीबाट अक्सिजन आयात गर्न चाहेमा आफूहरूले समन्वय गरिदिने पौडेलको भनाइ छ।

प्रकाशित: May 14, 2021| 08:06 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्