बुधबार, भदौ १०, २०८३

मोरङमा जेठ ११ सम्म निषेध आदेश थपियो

मोरङमा जेठ ११ गतेसम्म निषेध आदेश थपिएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

विराटनगर - मोरङमा जेठ ११ गतेसम्म निषेध आदेश थपिएको छ।

जिल्ला प्रशासन मोरङमा शुक्रबार बसेको डीसीसीएमसीको बैठकले कोरोना संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै कडाइका साथ निषेध आदेश थप गर्ने निर्णय गरेको हो।

मोरङ प्रशासनले जेठ १ गते राति १२ बजेसम्मका लागि दोस्रो पटक जिल्लाभरी लागू हुने गरी निषेध आदेश थप्ने निर्णय गरे थियो।

पहिलो पटक विराटनगरसहित चार स्थानीय तहमा बैशाख १८ गते राति १२ बजेदेखि निषेध आदेश जारी भएको थियो।

मोरङ्‍मा अहिले करिव ५ सयको हाराहारीमा संक्रमित थपिरहेका छन्। १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ।

प्रकाशित: May 14, 2021| 07:44 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।