बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारी नियन्त्रणमा सरकारको चरम लापरबाही भन्दै नागरिकलाई सचेत हुन देउवाको आग्रह

महामारी नियन्त्रणमा सरकारको चरम लापरबाही भन्दै नागरिकलाई सचेत हुन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाे परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन्। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाे परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन्। 

इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्रका अवसरमा उनले आज सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै कोरोनाको जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गरेका हुन्। 

‘देश अहिले कोभिड-१९ को दोस्रो चरणमा छ। सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यताका कारण बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ,’ उनले उल्लेख गरेका छन्, ‘यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी छ।’

इद उल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन्। 

लाेकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण योगदान रहँदै आएको जनाउँदै उनले लोकतन्त्रको रक्षार्थ मुस्लिम समुदाय अझ बढी जिम्मेवार रहने विश्वास व्यक्त गरे। ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल  हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।

 

प्रकाशित: May 14, 2021| 07:09 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।