बुधबार, भदौ १०, २०८३

चितवनमा जेठ १३ सम्म निषेध आदेश

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेध आदेश जेठ १३ गते सम्मका लागि थप गरेको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

चितवन - कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेध आदेश जेठ १३ गते सम्मका लागि थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेध आदेश आज राति १२ बजेबाट सकिँदै छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेध आदेशको समय थप गरिएको जनाइएको छ।

पहिलो चरणको निषेध आदेशले कोरोना संक्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेध आदेश थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए। 

निषेध आदेशको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिँडडुल नगर्ने, अत्यावश्यक काममा हिँड्नुपर्ने भएमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ। 

सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस सेन्टर, जिमखाना, स्पा, स्वीमिङ्ग पुल, ब्यूटीपार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसलजस्ता बन्द रहने लामिछानेद्वारा जारी आदेशमा उल्लेख छ। 

यस्तै होटल तथा रेष्टुरेन्टबाट टेकअवेबाहेकका अन्य सेवा सञ्चालन नगर्न, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्थामा भौतिकरूपमा उपस्थित भई हुने पठनपाठन तथा परीक्षालगायत शैक्षिक गतिविधि नगर्न, विवाह, व्रतबन्धलगायत संस्कारजन्य कार्यक्रम होटल तथा पार्टीप्यालेसमा सञ्चालन गर्न नपाइने, घरमा सञ्चालन हुने यस्ता कार्यमा बढीमा १० जनाभन्दा बढी सहभागी नहुनसमेत आदेशमा भनिएको छ।

मृत्यु संस्कारमा १५ जनाभन्दा बढी सहभागी नहुन, लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न, मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजाबाहेक जमघट नगर्न आदेश जारी गरिएको छ। आदेशमा निकुञ्जमा जिप सफारी तथा जलयात्रा नगराउन पनि भनिएको छ। 

यस्तै तरकारी, फलफूल, खाद्यान्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्मका लागि समय तोकिएको छ। औषधि, पेट्रोलपम्प, दुग्ध उद्योग, दूरसञ्चार, इन्टरनेट, विद्युत्, फोहरमैला व्यवस्थापन, खानेपानी आपूर्तिसम्बन्धी सेवा, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आइतबार, मंगलबार र बिहीबार मात्र तोकिएको मापदण्डको पालना गराई वाणिज्य बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ। 

यो आदेशको पालना नगरे संक्रामण रोग २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ। रासस

प्रकाशित: May 14, 2021| 06:35 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।