बुधबार, भदौ १०, २०८३

उम्मेद्‍वारीमा पुनर्विचार हुँदैन : खिमलाल देवकोटा 

नेकपा एमालेका नेता एवं वागमतिमा गठबन्धबाट राष्ट्रिय सभा उम्मेद्‍वार बनेका डा. खिमलाल देवकोटाले उम्मेद्‍वारीमा पुनर्विचार नहुने बताएका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - नेकपा एमालेका नेता एवं वागमतिमा गठबन्धबाट राष्ट्रिय सभा उम्मेद्‍वार बनेका डा. खिमलाल देवकोटाले उम्मेद्‍वारीमा पुनर्विचार नहुने बताएका छन्।

२०७८ वैशाख ३० को राजनीतिक घटनाक्रमपछि आफ्नो उम्मेद्‍वारी बारे शुभचिन्तक एवं मतदाताबाट जिज्ञासा आइरहेको बताउँदै उनले आफ्नो उम्मेद्‍वारी फिर्ता नहुने बताएका हुन्।

'मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणलगायतका लागि राजनीतिक दलहरू विभाजित हुनु हुँदैन। राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ', उनले वज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, 'यसमा विवाद हुन सक्दैन। तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत अन्य दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो।'

निष्ठा र ईमान्दारिताको राजनीति आफ्नो गहिरो लगाव रहेको उनको भनाइ छ। राजनीतिक दलहरूको आफूप्रतिको विश्वाश र भरोसाप्रति उनले उच्च सम्मान रहेको बताएका छन्। 

संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरू विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा दृढ रहेको उनले बताएका छन्। उनले आफ्नो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित रहेको दावी गरेका छन्।

प्रकाशित: May 14, 2021| 06:26 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।